किन सबै भयो अर्कै? सधैं यस्तै हुँदा अनि, त्यही अहाकाश हो जो छ नीलो नै अहिले पनि । बनजंगल त्यो नै हो, हावा औ जल नै त्यही, तर फर्केर आएन संग्रामबाट नै उही ।। बुफ् नै गाह्रो मलाई भो, सही आखिर को थियो? न्रि्रा औ भोम त्यागेर हाम्रो विवाद जो भयो । देख्छु जताततै आज उकै् मात्र अभाव म । जब फर्केर आएन संग्रामक्षेत्रबाट त्यो ।। बीचैमा मौन हुन्थ्यो ऊ, अकस्मात् गाउँथ्यो अनि । सधैं विषय फेरेर अरु नै गर्दथ्यो कुरा । बिहानै जाग्दथ्यो आफू दिन्नथ्यो ऊ निदाउन, तर फर्केर आएन हिजो संग्रामबाट ऊ । जो भयो अहिले शून्य त्यस्को चर्चा म गर्दिनँ, मलाई बोध एक्कासि भयो: हामी दुई थियौं । मेरो निम्ति यहाँ मानौं बत्ती बतासले निभ्यो, जब फर्केर आएन संग्रामक्षेत्रबाट त्यो ।। मानौं बन्धन तोडेर उम्क्यो आज वसन्त कि? सके भूल परी मैले डाँकें उस्लाई आज कि? "साथी, चुरोट ल्याउः, खै ।" जवाफ? मौन त्यो रहृयो... हिजो फर्केर आएन संग्रमक्षेत्रबाट त्यो ।। हाम्रा मृतकले छोड्छन् न हामीलाई दुःखमा, जस्ते वीरगति पायो त्यही रक्षक फै भयो... पानीमा फै प्रतिबिम्ब वनमा नभको पर्यो, हिजो फर्केर आएन संग्रमक्षेत्रबाट त्यो ।। छ भ्रुइंघरमा ठाउँ प्रबस्त हामीलाई त, वेला पनि बित्यो हामी दुवैको निम्ति निश्चित... एक्लैको निम्ति भो सारा अब, लाग्छ मलाई यो: मानौं आइनँ फर्केर संग्रामक्षेत्रबाट म ।।
© कृष्णप्रकाश श्रेष्ठ. प्रस्तुति, ?