धेरै वर्ष अघिदेखि नै श्यामवर्ण विशालकाय जंगली हाती भारतवर्षका अरण्यहरुमा स्वच्छन्द विचरण गर्दथे । तिनीहरुको बथानमा किनहो एउटा थियो श्वेतवर्ण हाती । उसका आँखा थिए उदास शान्त स्वभाव, विवेकशील र खानदानी आफ्ना साथीहरु बीच बेग्लै थियो उसको पहिचान । यो त्यस समयको कुरा हो जब मेरो सम्मानमा भारतवर्षका राजाले एउटा हाती भेट चडाए । “मलाई यो हाती किन? ” - मैले सोधें, “किनकि हाती हुन्छन दिलदार । ” ---उनले भने । हातीले झुकेर मलाई गर्यो अभिवादन अनि मैले पनि उसलाई सलाम गरें किनभने हाती असलमा थियो श्वेतवर्ण हस्तिनी शब्द थिए मेरा शान्त र सद्भावनाका । हातीमा सवार, परिदेश भारतवर्षमा भ्रमण गर्दा बहुतै शानदार लागेको थियो कहाँ कहाँ पुगें अनि सुख-दुखका सहभागी भयौं हामी । यस्तो पनि भयो कि गुनगुनाउँदै कसैको छानाका छेउबाट जाँदै थियौं त्यसबेला छानाबाटै हाम फाले महिलाहरु भत्काउँदै लाजशरमका पर्खालहरु भन्नै पर्छ कि श्वेतवर्ण हाती अलिक बढी नै लयात्मक थिई । दुनियाको नक्सा तपाईँले देख्नुभएकै छ भने अवश्य जान्नु भएको होला भारतवर्षमा बग्दछिन पावन गंगा अनि आम-रसको स्वाद चाख्दै म र श्वेतवर्ण हाती आत्महारा भएर डुलिरह्यौं गंगातटमा । भोक, तिर्खा, निद्रा, स्वास्थ्य सबै त्यागेर डुलिरह्यौं तटमा अनि मलाई भन्यो, “तिम्रो सेतो हाती आफ्नो बथानमा मिसियो वनमा ।“ अनि उसको बिना म भएँ धेरै दिनसम्म उदास अनि फेरि भारत-नरेशबाट उपहारमा पाएँ श्वेतवर्ण हाती । सजावटी छडी थियो जो बनेको थियो हातीका दाँतले । सुनेको छु घरमा सातवटा हाती हुनु ठुलो शकुन हो हाम्रो दुर्भाग्यलाई यसले परै पन्छाउँछ । तर बेस हो श्वेतवर्ण हाती स्वच्छन्द विचरण गरुन साथीहरुसँग भलै नहोस मेरो शकुन, त्यसको परवाह गर्दिन ।
© Gyan Bahadur Chhetri, 2015